रविको मुद्दा फिर्ता भएकै हो त ? यस्तो छ वास्तविकता
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिएर सहकारी ठगीको मुद्धालाई मात्रै प्रक्रियामा लग्नेगरि सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालले गरेको निर्णयमा सहकारी ठगीको मुद्दा यथावत् रहनेगरि संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेगरी आरोपपत्र संशोधन गर्ने स्वीकृत प्रदान गरिएको छ । महान्यायाधिवक्ता कार्यालयबाट भएको निर्णयबारे नेपालट्युबसँग बोल्दै सहन्यायाधिवक्ता मीना गुरुङ यसलाई मुद्दा फिर्ता लिएको रुपमा नलिन र यो निर्णयको कार्यान्वयन कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालयबाट हुने बताउनुभयो ।
अब यो निर्णय प्रक्रिया कार्यान्वयन चरणमा गएमा ४ वटा जिल्ला अदालतमा चलिरहेको अभियोगपत्रबाट सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भएर सहकारी ठगीको मुद्धा मात्रै कानुनी कारबाहीको प्रक्रियामा जानेछ । चितवन जिल्ला अदालतमा संगठित अपराध र सम्पत्ति शुद्धिकरण बाहेक सहकारी ठगीको मात्रै मुद्धा चलेकाले यहाँको अभियोग पत्रमा कुनै संशोधन हुने छैन ।
यस्तो छ निर्णयको सारांस :

















तपाईको प्रतिक्रिया