स्थानीय सरकार छाडेर बालेन र हर्क चुनावी अभियानमा
काठमाडौं । काठमाडौं महानगरबाट राजीनामा दिएर बालेन शाह रास्वपाको चुनावी अभियानमा लाग्नुभएको छ ।
आईतबार राजिनामा बुझाएपछि बनस्थलीस्थित रास्वपा मुख्यालय घण्टीघर पुगेर बरिष्ठ नेताको पदभार ग्रहण गर्नुभएको थियोे । आइतबार साँझ नै मधेश प्रदेश पुग्नुभएका उहाँ आज चुनावी अभियानमा हुनुहुन्छ । बालेनले एमाले अध्यक्ष केपी ओलीसँग झापा ५ मा प्रतिस्पर्धा गर्ने चर्चा चलेको छ । यसबारे रास्वपाले आधिकारिक पुष्टि भने गरेको छैन ।
हर्क साम्पाङ मेयर छाडेर आफ्नै पार्टी अभियानमा
यता, धरान उपमहानगरका मेयर हर्कराज राई पनि आइतबार अबेर पदबाट राजीनामा दिएर आफ्नै नेतृत्वको पार्टी श्रम संस्कृति पार्टीको चुनावी अभियानमा लाग्नुभएको छ । मेयरको ५ वर्ष पुरा कार्याकाल काम गर्न नपाएकोमा धराने जनतासँग क्षमायाचन गर्नुभएका उहाँ सुनसरी- १ बाट चुनाव लड्दै हुनुहुन्छ ।
हर्कराज साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ ११० जनाकै बन्दसूची पेश गरेर ७७ वटा जिल्लाकै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारीमा छ । समाजमा,स्थानीय स्तरमा योगदान दिएका, श्रम संस्कृतिमा विश्वास गर्ने, कृषि उद्धमी धेरैलाई टिकट थमाइएको छ ।
















तपाईको प्रतिक्रिया