राम्रो मान्छेलाई प्रधानमन्त्री बनाउने सहि समय आयो घण्टीमा भोट हालौँ : बालेन शाह
एमाले अध्यक्ष ओलीसँग झापा- ५ मा चुनाव लड्दै
काठमाडौं । बालेन शाहले निर्वाचनपछि सहि मान्छेलाई देशको प्रधानमन्त्री बनाउन रास्वपालाई भोट दिन आह्वान गर्नुभएको छ ।
बालेन शाहले मधेस प्रदेशको जनकपुरबाट रास्वपाको चुनावी अभियान थाल्दै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा हेरेर नभई सहि व्यक्तिलाई छान्न,सहि सरकारका लागि सहि समय चिनेर घण्टीमा भोट हाल्न आह्वान गर्नुभएको छ । मैथिलीमा छोटो भाषण गर्नुभएका शाहले गफ भन्दा काम गर्ने बताउनुभएको छ ।
मधेशसँगै देशकै विकास, सबै नेपालीलाई खुसी बनाउन रास्वपाको राजनीतिमा जोडिएको बताउनुभयो । पर्यटन प्रवर्द्धन,प्रदेशलाई अधिकारसम्पन्न बनाएर काठमाडौंमा अधिकार माग्न जानुपर्ने अवस्थाको अन्त्य, मिटरब्याज, सहकारी पीडितलाई न्यायसँगै उखुक किसानको समस्या समाधानको प्रतिबद्धता शाहले गर्नुभएको छ । मधेससँगै सिंगो देश बनाउने, समृद्ध देश र सबै जनतालाई खुसी बनाउन रास्वपालाई यसपटक विश्वास गर्न भोट दिन बालेनले आह्वान गर्नुभएको छ ।
ओलीसँग भिड्न झापा- ५ को टिकट
चुनावी अभियानकै क्रममा रास्वपाका सभापति रवि लामिछानेको हातबाट वरिष्ठ नेता बालेन्द्र साहले झापा-५ को प्रतिनिधिसभा सदस्यको टिकट लिनुभएको छ । जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धी हुनुहुन्छ ।

मधेसको राजनीतिक सभामा रास्वपा सभापति रवि लामिछाने, उपसभापति डा.स्वर्णिम वाग्ले लगायतका अधिकांंश शिर्ष नेताहरु सहभागी हुनुभएको थियोे । यो पटक देशको भविष्य सम्झेर मत बदल्न सभापति रविसहितका नेताहरुको आह्वान रहेको छ ।
रास्वपाको सभामा बाक्लो संख्यामा समर्थक, नेता, कार्यकर्ताको उपस्थिति देखिएको थियोे ।

















तपाईको प्रतिक्रिया