देश जोड्न मधेश झरेको छु : गगन थापा
आफूलाई जस्तै काठमाडौं ४ मा सचिन तिमल्सिनालाई माया दिन आग्रह
काठमाडौं । कांग्रेस सभापति गगन थापाले काठमाडौं-४ मा युवा परिपक्व उम्मेदवार सचिन तिमल्सिनालाई अघि सारेर आफू देश जोड्न मधेश झरेको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो शन्देष जारी गर्दै थापाले सर्लाही-४ बाट समेत काठमाडौं-४ को जस्तै माया र आशिर्वाद पाउने विश्वास व्यक्त गर्नुभएको छ । मधेस बुझेमात्रै, मधेसका जनताका समस्या सुनेर समाधान गर्न सकेमात्रै देश बनाउन सकिने संकल्पसहित मधेस झरेको उहाँले बताउनुभएको छ ।
कांग्रेसको नेतृत्व मात्रै नभएर देशकै नेता,जनता र देशको हितका लागि काम गर्ने असल राजनीतिक अभियानमा होमिएकाले देशैभरका मतदाताको माया,साथ मिल्ने अपेक्षा थापाले गर्नुभएको छ । काठमाडौंका कथा मधेसलाई र मधेशका कथा, व्यथा काठमाडौंलाई सुनाउदै सिंगो देश जोड्ने उद्घोष कांग्रेस सभापति थापाको रहेको छ ।
आफुले ३ पटक चुनाव जितेको,माया ममता पाएको काठमाडौं- ४ लाई कहिल्यै भुल्न बिर्सिन नसकन्ने भन्दै थापाले अहिलेको उम्मेदवार सचिन समेत योग्य र उपयुक्त भएको जिकिर गर्नुभएको छ ।
















तपाईको प्रतिक्रिया