Tuesday, 27 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया सरकारकाे शिर्ष अवार्डबाट नेपाली मुलका भरत नेपाल सम्मानित 

अष्ट्रेलिया सरकारकाे शिर्ष अवार्डबाट नेपाली मुलका भरत नेपाल सम्मानित 


काठमाडौं । नेपाली मुलका अष्ट्रेलियन नागरिक भरत नेपाल Medal Of The Order Of Australia अवार्ड बाट सम्मानित हुनु भएको छ ।

अष्ट्रेलिया डे को अवसरमा राष्ट्रप्रमुख गभर्नर जनरलबाट नेपाली भरत नेपालसहित ४ सय ७२ जनाले यो मेडल पाउनु भएको हो । अष्ट्रेलिया सरकारले सामाजिक,कला, साहित्य र सुरक्षा क्षेत्रमा योगदान दिनेहरूलाई विभिन्न ४ वटा शिर्ष अवार्डबाट सम्मानि गर्दै आएको छ । अवार्ड पाएसँगै न्यु साउथ वेल्स निबासी भरतले आफूले नेपाली समूदायका लागि गरेको योगदानको कदर भएको, मानसिक स्वास्थ्य समस्या समाधानमा थप योगदान दिनुपर्ने नेपालट्युबसँग बताउनुभएको छ ।

सन १९९६ मा नेपालस्थित चितवनबाट भरत नेपाल अध्ययनका क्रममा अष्ट्रेलिया पुग्नुभएको थियो । उहाँले पब्लिक हेल्थमा मास्टर्स गरेपछि नेपाली समूदायमा देखा परेको मानसिक स्वास्थ समस्याको समाधान खोज्न, समुदायलाई सुरक्षित बनाउन मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न थाल्नुभएको थियोे ।

यसअघि न्यु साउथ वेल्सको नेपाली समूदायमा योगदान दिएको भन्दै सन २०११ मा ईन्द्रा बनलाई यहि अवार्ड दिईएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ