Wednesday, 28 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalभृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव तथा काठमाडौं बिजनेस एक्स्पो’ सुरु

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव तथा काठमाडौं बिजनेस एक्स्पो’ सुरु


काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव तथा काठमाडौं बिजनेस एक्स्पो’ सुरु भएको छ।

महोत्सवको उद्‌घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गर्नुभएको हो । स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १७ गतेसम्म सञ्चालन हुने बताइएको छ।

महोत्सवमा करिब दुई सय व्यावसायिक स्टलहरू राखिएका छन्। Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ