आजबाट सकियो एक महिने स्वस्थानी व्रत
भक्तपुर, पशुपति, शालीनदी, चतराधाम लगायतका स्थानमा विशेष मेला
काठमाडौं । एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज बिहानबाट समापन गरिएको छ।

पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत तथा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने माधवनारायण मेला आजबाट समापन भएको हो । बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि माधवनारायण मेला सम्पन्न भएको छ । यस्तै शालिनदी, पशुपति, चतराधाम लगायतका तिर्थस्थलमा विशेष मेला लागेको छ ।

स्वस्थानी व्रत बस्नेले निराहार, नसक्नेले फलाहार, चोखो अन्न खानुपर्दछ । स्वस्थानीको नियमित स्तुति कथा पाठ गरिन्छ । यस्तै माधवनारायण व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहान सबेरै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीबाट पूजा गर्नुपर्ने परम्परा छ। Photo-NPL
















तपाईको प्रतिक्रिया