Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्पतालमा छट्पटाउँदै नेपाली भाषी भुटानी, नेपालीसँग सहयोगको याचना !

अस्पतालमा छट्पटाउँदै नेपाली भाषी भुटानी, नेपालीसँग सहयोगको याचना !


ब्रिजबेन । अष्ट्रेलियाको एडिलेड आफन्तसँगको भेटघाटका लागि आउनुभएका ६५ वर्षिष दिलिप प्रधान यतिबेला आन्द्राको क्यान्सर पहिचान भएसँगै उपचाररत हुनुहुन्छ । स्वास्थ्य बिमाले पहिलेदेखीकै क्यान्सर भुक्तानीको पोलिसिमा नपर्ने भनेसँगै उपचारका लागि सहयोग जुटाउन गोफण्ड मी अभियान थालिएको छ ।

छोरी ज्याईसँग भेटघाट र घुमघाम गर्ने उद्देश्यसहित भुटानको साम्चीबाट ५ महिना अघिमात्रै अष्ट्रेलिया आउनुभएका प्रधानको यतिबेला एडिलेडको क्यालबरी अस्पतालमा उपचार भैरहेको छ । ८ वर्षदेखी भुटानबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया आनुभएका नेपाली भाषी भुटानी छोरी नीसा प्रधान र ज्वाई केलजाङ दोर्जीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले नेपाली समूदायकी अग्रज कला भण्डारीले यो सहयोग अभियान सुरु गरेको जानकारि दिनुभएको छ । नियमित परिक्षणका क्रममा आन्द्रको क्यान्सर पहिचान भएको र बिमाले कभर नगर्ने भनेसँगै आफूहरु आर्थिक मारमा परेको प्रधानका ज्वाई दोर्जीले नेपालट्युबलाई जानकारि दिनुभयो । उहाँले सहयोगका लागि नेपाली समुदायसँग आग्रह समेत गर्नुभएको छ ।

अस्पताल शुल्क, एनेस्थेटिक, शल्यचिकित्सक र सहायक शल्यचिकित्सक सहितको शल्यक्रियाको लागत २९ हजार ९०८ डलर आँकलन गरिए अनुसार नै सहयोग संकलन अभियान अघि बढाइएको कला भण्डारीले जानकारि गराउनुभएको छ । तपाई पनि आर्थिक अभावमा छट्पटाईरहेको एउटा परिवारमा खुसी भर्न चाहानुहुन्छ, साथ दिन चाहानुहुन्छ भने यो लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ । पीडामा परेको एउटा परिवारलाई तपाई हामी सबैले सानो सानो सकेको सहयोग गरेर साथ दिऔँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ