Friday, 6 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबर्नका तीनवटा मुद्रा सटही स्टोरमाथि १ लाख १२ हजार बढी जरिवाना

मेलबर्नका तीनवटा मुद्रा सटही स्टोरमाथि १ लाख १२ हजार बढी जरिवाना


काठमाडौं । मेलबर्नका तीनवटा मुद्रा सटही स्टोरमाथि अदालतले १ लाख १२ हजार ९८५ अष्ट्रेलियन डलर जरिवाना तिराएको छ ।

फेयरवर्क ओम्बुस्डम्यानले अघि बढाएको मुद्दामा अष्ट्रेलियास्थित संघीय अदालतले SNNB इन्टरप्राइजेज, Taylors Business र Yarraville Business कम्पनीसँगै तीन कम्पनीका निर्देशक समेतलाई १८ हजार ८१० जरिवाना तिराउने फैसला गरेको हो । ७ जना full-time workers लाई कानुन अनुसारको तलब सेवा सुविधा नदिएको गुनासो पछि फेयरवर्कले अनुसन्धान अघि बढाएको थियोे ।

अदालतले कर्मचारीको सेवा सुविधा भुक्तानी गर्न समेत आदेश दिएको छ । अहिले तीनवटै विजनेस कम्पनी बन्द भएका छन् । Yarraville Business विरुद्ध कानुनी कारबाही भएको भने यो दोस्रो पटक हो । कम्पनीले सन २०२४ मै अदालतमार्फत जरिवाना तिरेको थियोे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ