पर्थमा एनआरएन हार्मोनी कपको तयारी, मार्च १ बाट खेलकुद महोत्सब
काठमाडौं । एनआरएनए वेस्टर्न अस्ट्रेलियाले आगामी मार्च १ बाट एनआरएन हार्मोनी कप २०२६ आयोजना गर्नेगरि तयारी थालेको छ ।
पर्थस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै खेल, स्वास्थ्य र प्रतिभा प्रदर्शनको अवसरका रुपमा कार्यक्रम आयोजना हुने एनआरएनए पर्थका संयोजक सुमन सञ्जेलले नेपालट्युबलाई जानकारि दिनुभएको हो । हार्मोनी कपले खेलमार्फत समुदायलाई जोड्ने मात्र नभएर नेतृत्व विकास र सामूहिक पहिचान मजबुत बनाउने बताउदै सञ्जेलले युवाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ। एनआरएन हार्मोनी कपमा क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, चेस, टेबल टेनिस, लन टेनिस, ब्याडमिन्टन, ५ किलोमिटर दौड तथा पौडीजस्ता विविध खेल हुनेछन। कार्यक्रम खेलमा सीमित नभई समुदायको स्वास्थ्य प्रवर्द्धन, आपसी सद्भाव र प्रतिभा पहिचानको प्लेट बन्ने विश्वास गरिएको छ।
हार्मोनी कपको तयारीसँगै संयोजनको जिम्मेवारी एनआरएनए वेस्टर्न अष्ट्रेलियाको डेपुटी कोअर्डिनेटर बासु सापकोटा र युथ कोअर्डिनेटर सन्तोस थापाले गरिरहनुभएको छ । एनआरएनए वेस्टर्न अस्ट्रेलियाले KTM Mart को सहकार्यमा सञ्चालन गर्ने एनआरएन हार्मोनी कप २०२६ को शीर्ष प्रायोजकका रुपमा SMG Construction रहेको छ । इच्छुक खेलाडी तथा टिमहरूले आनलाईन मार्फत प्रतियोगिताका लागि नाम दर्ता गर्नसक्नेछन् । फेब्रुअरी २८, २०२६ सम्म दर्ताको समय उपलब्ध गराइएको आयोजकले जनाएको छ। https://harmonycup.au/ मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्।
यो पटक हरेक प्रतियोगिताका विजेता र उपविजेतालाई नगद पुरस्कार समेतको व्यवस्था गरिएको छ । एनआरएनए वेस्टर्न अस्ट्रेलियाले हार्मोनी कपलाई पर्थकै सबैभन्दा ठूलो नेपाली सामुदायिक खेलकुद महोत्सव बनाउने लक्ष्यसहित तयारी तीव्र बनाएको छ । यो खेलकुद कार्यक्रम एनआरएनए वेस्टर्न अस्ट्रेलियाको सिग्नेचर कार्यक्रम मध्यको प्रमुख हो ।
















तपाईको प्रतिक्रिया