सार्वजनिक बिदामा समेत राहदानी सेवा
Photo-NPL
काठमाडौं आज सार्वजनिक बिदामा पनि राहदानी विभागले आफ्नो सेवा जारी राखेको छ । विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राख्ने जनाएको हो ।

विदाको दिन (आज र भोलि) बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पासपोर्टसम्बन्धी सेवा खुला रहनेछ विभागले जानकारी दिएको छ । राहदानी सेवा लिनेहरुको चापलाई ध्यानमा राख्दै विभागले सेवालाई निरन्तरता दिएकोमा विभागमा पुग्नेहरु खुसी देखिनुभएको छ । Photo- NPL

यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया