Wednesday, 18 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalदेशका राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचन : पूर्वराजा

देशका राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचन : पूर्वराजा


काठमाडौं । देशका राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जान पूर्वराजा ज्ञानेन्द्र शाहले सुझाव दिनुभएको छ ।

७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भएपनि राष्ट्रिय समस्या समाधान गरेर अघि बढ्दा मात्रै दिगो समाधान निस्कने सुझाव दिनुभएको हो । देश कसैलाई खुसी पार्न वा कसैबाट निर्देशित हुन बाध्य हुने अवस्थाबाट मुक्त हुनुपर्ने उहाँले बताउनुभयो ।

सिंगो मुलुक अस्वाभाविक छटपटी, अन्योलको भुमरीमा फसेको र देशको अस्तित्व नै संकटमा परेको समयमा जनता आफैँ सचेत र जागरुक हुनुपर्ने बताउनुभयो । विगतका विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनले नेपाल अनि नेपालीलाई के दियो भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने समेत पूर्वराजा शाहको सुझाब रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ