एमालेको चुनावी घोषणा पत्र : जनतासामू ४१ वटा प्रतिबद्धता
काठमाडौं । ‘समृद्ध नेपाल, सुखी नेपाली को प्रतिबद्धता व्यबहारमा कार्यान्वयन गर्ने अठोटसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।
घोषणा पत्रमा २५ वटा देश समृद्ध बनाउने प्रतिबद्धता, विकासका लागि ५आधारभूत घोषणा, मन्त्रिपरिषदको पहिलो बैठक लगत्तै थाल्ने ११ वटा कामसहित जनतासामू ४१ वटा प्रतिबद्धता गरिएका छन् । देश एमालेले बनाउने प्रतिबद्धता जनाइएको छ । एमालेको घोषणा पत्रमा देशको अर्थतन्त्र एक दशकमाा २ सय खर्बको बनाउने भनिएको छ । स्वदेशमैंं रोजगारी, स्वदेशमैंं कामको ज्ञारेन्टी गरेको एमालेले एनआरएनएलाई सम्मानपूर्ण व्यवहारको प्रतिबद्धतासहित मातृभूमिको विकासमा सार्थक योगदान गर्ने बनाउने भनेको छ । आधुनिक खेती उन्नत व्यवसायको अवधारणा अघि सार्दै बाह्रैै महिना किसानलाई सिँँचाइ सेवा उपलब्ध गराएउने अनि खाद्यमा आत्मनिर्भर बनाउने एमालेको प्रतिबद्धता रहेको छ । पर्यटनका माध्यमबाट गाउँँ, सहरमा काम र कमाइ, उर्जा उत्पादनमाफैत स्वदेशमाा खपत र विदेशमा निर्यात सिर्जनशील युवा नवीन विचारमार्फत समाज रूपान्तरणको अभियान चलाउने भनिएको छ ।
११ वटा कामहरू मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर थाल्ने प्रतिबद्धता जनाएको एमालेले जेन जी उमेर समूहका युवालाई मासिक १० जीबी इन्टरनेट डाटा दिने, उद्यमीलाई १० हजारको डलर कार्डको व्यवस्था गर्ने भनिएको छ । विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न तथा विदेशी कम्पनीहरूमा कुनै पनि प्रकृतिको सेयर खरिदलाई थप सहज र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ । वैदेशिक रोजगारीमा गएर देशमा रेमिट्यान्स पठाइरहेका श्रमिकको बैंक खातामा वार्षिक ५ हजार रुपैयाँ थप गरिदिनेदेखी प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख बिनाब्याज ऋणको प्रतिबद्धता गरेको छ । ५ वर्षभित्र नेपाल–भारत अन्तरदेशीय रेल, १० वर्षमा पूर्व–पश्चिम रेलमार्गको विकास गरेर राजमार्ग, रेलमार्ग, जलमार्ग र विमानस्थललाई ‘एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’ मा जोड्ने एमालेको प्रतिबद्धता रहेको छ ।
एमालेले भदौँ २३ र २४ को जेन जि आन्दोलनलाई राज्यविरुद्धको योजनावद्ध षड्यन्त्र भएको भन्दै देश बनिरहेको अवस्थालाई बिग्रेको काल्पनिक भाष्य खडा गरेर समाजमा आक्रोश विस्तार गर्ने अभियान भनेको छ ।
















तपाईको प्रतिक्रिया