बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी,यस्तो छ आरोप
काठमाडौं । रास्वपा बरिस्ठ नेता बालेन्द्र शाह (बालेन) विरुद्ध झुटो विवरण पेश गरी नागरिकताको थर परिवर्तन गरेको भन्दै उजुरी परेको छ ।
शुक्रबार युवराज सफलले गृह मन्त्रालयमा शाहले आफूखुसी थर परिवर्तन गरेको नागरिकता रद्द गर्न, पाँच वर्ष कैद स’जाय र एक लाख रुपैयाँ जरिवानाको मागदाबीसहित उजुरी दिनुभएको हो । २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर उल्लेख भए पनि २०७९ असार १९ गते काठमाडौं महानगरपालिकाको मेयर बनेपछि लिएको नागरिकताको प्रतिलिपिमा ‘शाह’ थर प्रयोग गरिएको आरोप उजुरीमा लगाइएको छ।
झुटो विवरण पेश गरी थर परिवर्तन गरेको भन्दै तत्काल पक्राउ गरी आवश्यक कानुनी कारबाही गर्न समेत उजुरीमा माग गरिएको छ।
















तपाईको प्रतिक्रिया