Sunday, 22 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रको पर्यटकिय गन्तब्य ‘मणिचूड दह’

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रको पर्यटकिय गन्तब्य ‘मणिचूड दह’

आन्तरिक पर्यटकहरुको भीडभाड


काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको घना वनभित्र लुकेको शान्त र रहस्यमयी मणिचूड दहमा पुग्ने आन्तरिक पर्यटकहरु बढ्न थालेका छन् ।

शहरको कोलाहलभन्दा बिल्कुलै फरक, शान्त वातावरणको अनुभूत हुने यो पोखरी शहरी जीवनबाट टाढा प्रकृतिमा रमाउने पर्यटकको रोजाई बन्न थालेको छ । समुद्री सतहबाट करिब २,४०० मिटर उचाइमा अवस्थित यो दह पुग्न काठमाडौँको जोरपाटी–साँखु क्षेत्र, गगलफेदी वा सुन्दरीजलबाट करिब तीन घण्टाको उकालो पदयात्रा गर्नुपर्छ। पदयात्रामा घना वन, चिसो हावा र चराचुरुङ्गीको चिरबिराहटको आनन्द लिन पाइन्छ । यो क्षेत्र शान्त हाइकिङ र चरा अवलोकनका लागि पनि प्रसिद्ध छ।

यस्तो छ ऐतिहासिक तथ्य
पौराणिक कथाअनुसार, साकेत नगरका राजा मणिचूड अत्यन्तै धार्मिक र दानवीर भएकाले उहाँको शिरमा जन्मजात दिव्य मणि रहेको विश्वास गरिन्छ। एकपटक ठूलो अनिकाल र महामारी शान्त पार्न राजाले यही स्थानमा बसेर आफ्नो टाउको काटी मणि दान दिएको र राजाको त्याग अनि मणिको प्रभावबाट उत्पन्न दललाई ‘मणिचूड दह’ भनिएको बताइन्छ । यहाँ चराहरूले दहमा खसेका पातहरू टिपेर सफा राख्छन् भन्ने रोचक किंवदन्ती पनि प्रचलनमा छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ