इरान-अमेरिका तनाव : मध्यपूर्वका लाखौं नेपालीमा सुरक्षाको चिन्ता
काठमाडौं । इरानको लगातारको हवाई हमलाले मध्यपूर्व तनावग्रस्त भएसँगै लाखौं नेपालीको सुरक्षाको चिन्ता बढेको छ ।
यूएईस्थित नेपाली दूतावास आबुधावीले ट्राभल एडभाइजरी जारी गर्दै नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न, सावधानी अपनाउन र युएई सरकारले जारी गरेको सुरक्षा निर्देशको पालना गर्न अनुरोध गरेको छ। नेपाली राजदूतावास कतारले समेत मध्यपूर्वको तनावलाई नियालीरहेको जनाउदै घरबाहिर ननिस्किन, स्थानीय खबर, एमर्जेन्सी अलर्टको ख्याल गर्न र सुरक्षित बसेर नेपाली दूतावासको सम्पर्कमा रहन आग्रह गरेको छ । यता, ईजरायलस्थित दूतावासले समेत जोखिमको ख्याल गर्न र सुरक्षित रहन आग्रह गरेको छ ।
नेपालबाट उडान बन्द
लगातारको बमबारीका कारण नेपालबाट हुँदैआएको कतार, युएईका उठान बन्द भएका छन् । तनाव थप बढ्ने र लगातारको बमबारिपछि उडान रोकिएका हुन ।
इरानको लगातारको हवाई हमलाले मध्यपूर्व तनावग्रस्त बनेको छ भने इरानमाथि अमेरिका र इजरायलले जवाफी हमला गरेका छन् । इरानले अमेरिका लक्षित गर्दै कतारको अल–उदेइद एयर बेसक्याम्प, कुवेतको अल–सलेम एयर बेसक्याम्प, युएईको अल–धफ्रा एयर बेस क्याम्प, बहराइनको अमेरिकी बेस क्याम्पमा आक्रमण गरेको हो ।
















तपाईको प्रतिक्रिया