अष्ट्रेलियामा होली उत्सव,रङसँगै नेपाली गीतसङ्गीतमा झुमे युवायुवती
काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले होली पर्व हर्षोल्लासका साथ मनाएका छन्।
‘हाम्रो क्लब अस्ट्रेलिया’ले आयोजना गरेको होली कार्यक्रममा बालबालिका, युवायुवती र वृद्धहरू रङसँग खेल्दै नेपाली गीतसङ्गीतमा नाचेका छन् । होली उत्सबमा हजारौंको सहभागिता रहेको थियो।
नेपाली गीतसङ्गीतमा नाचगान गर्दै, परम्परागत खाद्य परिकारको मजा लिएर पर्व मनाइएको आयोजक विवेक सापकोटाले बताउनुभयो । अष्ट्रेलियाको सिड्नीसँगै, ब्रिजबेन, पर्थ लगायतका स्थानमा समेत रङसँग खेल्दै सांगीतिक माहोलमा होली पर्व मनाइएको छ ।
















तपाईको प्रतिक्रिया