मध्यपूर्वका १६ हजार बढी नेपाली एकैदिन अनलाइन पोर्टलमा
काठमाडौं । मध्यपुर्वमा बढ्दो तनावबीच त्यहाँ रहेका नेपालीहरूको विवरण संकलन सुरु गरिएको अनलाइन दर्ता प्रणाली(portal)मा पहिलो दिन करिब १६ हजारले आफ्नो नाम दर्ता गराएकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयले तथ्यांक संकलनसँगै प्राप्त विवरणका आधारमा सुरक्षा र आवश्यक सहयोग निर्धारण गरिने जानकारी दिएको छ । ट्रान्जिटका क्रममा दुबई, कतार लगायतका मुलुकमा नै १ हजार बढी नेपाली फसेको आँकलन परराष्ट्र मन्त्रालयले गरेको छ ।
युएई, कतार,साउदी लगायतका नेपाली राजदूतावासले नेपाली नागरिकलाई आफ्नो विवरण अनलाइन पोर्टलमा भर्न आह्वान गर्दै आवश्यक साथ सहयोगको प्रतिबद्धता जनाएका छन् ।















तपाईको प्रतिक्रिया