Friday, 6 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalप्रधानमन्त्री कार्की र कतारी समकक्षी अल–थानी बीच वार्ता 

प्रधानमन्त्री कार्की र कतारी समकक्षी अल–थानी बीच वार्ता 

पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमप्रति चिन्ता


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी बीच टेलिफोन वार्ता भएको छ ।

प्रधानमन्त्री कार्कीले कतारका समकक्षी अल–थानीलाई आज (बिहिबार)दिउँसो टेलिफोन गरेर पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिकको सुरक्षामा विशेष साथ दिएकाेमा नेपाल सरकार र नेपाली जनताको तर्फबाद धन्यवाद व्यक्त गर्नुभएको बताइएको छ । मध्यपूर्वी देशमा जारी तनाव रोक्न मध्यस्थताको भुमिका खेल्न समेत प्रधानमन्त्री कार्कीले सुझाव दिनुभएको बताइएको छ ।

कतारमा करिब ३ लाख ६० हजार नेपाली नागरिकहरू बसोबास गर्दै काम गरिरहेकाे सरकारी तथ्यांक रहेको छ । मध्यपूर्वमा बढ्दो तनावले १७ लाख बढी नेपालीको सुरक्षा चिन्ता बढेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ