अमेरिका र भारतले नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्ने
प्रधानमन्त्री कार्की र मतदातालाई दिए बधाई
काठमाडौं । छिमेकी मुलुक भारतसँगै अमेरिकाले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका छन् ।
भारतको विदेश मन्त्रालयले बिहीबार प्रेस नोट जारी गर्दै निर्वाचन सफलतापूर्वक गराएकोमा प्रधानमन्त्री सुशीला कार्की र नेपाली मतदातालाई बधाई दिएको छ। मन्त्रालयले नयाँ बन्ने सरकारसँग सहकार्य गर्न तयार रहेको जनाउँदै नेपालको शान्ति, स्थिरता र प्रगतिमा निरन्तर समर्थन रहने बताएको छ । दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
अमेरिकाको बधाई
नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले बधाई दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको हो । अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको समेत जनाएको छ















तपाईको प्रतिक्रिया