सिंहदरबारमा तयार भयो ६ दलका लागि संसदीय दलको कार्यालय
काठमाडौं । सांसदहरुको सपथपूर्व नै सिंहदरबारमा राष्ट्रिय दलको मान्यता पाएका ६ दलका लागि संसदीय दलको कार्यालय तयार पारिएको छ ।
निर्वाचनबाट झण्डै दुई तिहाई सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि संसदीय दलको कार्यालय तयार पारिएको हो । भएका छन् । गत फागुन २१ को निर्वाचनबाट यी ६ दलले मात्रै प्रत्यक्षमा एक सिट र समानुपातिकको ३ प्रतिशत मतको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका थिए । Photo-NPL




















तपाईको प्रतिक्रिया