Friday, 27 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअब न्युजिल्यान्डमा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस

अब न्युजिल्यान्डमा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस


काठमाडौं । एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजले न्युजिल्यान्डमा पनि सेवा विस्तार गरेको छ ।

अकल्यान्डमा एक्सपर्टले आफ्नो ९० औ कार्यलय स्थापना गरेको छ। यो न्युजिल्याण्डमा पहिलो कार्यलय हो । सन् २००३ मा अष्ट्रेलियाको सिड्नीबाट सुरु भएको यस संस्थाले हाल २५ देशमा सेवा विस्तार गरेको छ । कम्पनीका संस्थापक तथा ग्लोबल डाइरेक्टर बद्री अर्यालले नेपाल ट्युबसँगको कुराकानीमा न्युजिल्यान्ड नेपाली विद्यार्थीका लागि आकर्षक अध्ययन गन्तव्य भए पनि प्रत्यक्ष सेवा अभावका कारण कठिनाइ हुँदै आएको बताउनुभयो ।

विद्यार्थीका सोही आवश्यकता सम्बोधन गर्दै विद्यार्थीलाई राहत पुर्‍याउने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको हो । साथै, संस्थाले हाल १६०० भन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ