Thursday, 2 April 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleआज विश्व अटिजम सचेतना दिवस, सचेतनामुलक कार्यक्रम गरिदै

आज विश्व अटिजम सचेतना दिवस, सचेतनामुलक कार्यक्रम गरिदै


काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस, सचेतनामुलक कार्यक्रम गरेर मनाइदैछ । यो मस्तिष्क विकाससँग सम्बन्धित सचेतना विस्तार गर्न थालिएको अभियान हो ।

अटिजम भएकाहरूको सम्मान, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो ।अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसले सामान्य मानिसभन्दा पृथक व्यवहार गर्दछ । बोल्ने र सोच्ने शैली नै अरुभन्दा फरक हुन्छ । राष्ट्रसङ्घले अटिजम भएका हरेक व्यक्तिको योगदान र अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाहका लागि सबै सदस्य राष्ट्रलाई आग्रह गरेको छ ।

आज राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सन्देश जारी गर्दै मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयनलाई प्रवर्द्धन गर्दै अटिजम भएकाहरूको समाजमा समान सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ