आज प्रतिनिधिसभाको पहिलो बैठक, यस्ता छन एजेण्डा
काठमाडौं । फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सांसदहरुको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ ।
संघीय संसद सचिवालयले पहिलो बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुनेछ । यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र को जानकारि सदनमा गराइने छ । यस्तै आजको बैठकमा तीन वटा अध्यादेश पेश हुनेछन् । मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ पेश गर्ने कार्यसूची सार्वजनिक गरिएको छ ।
आज पहिलो बैठक भएकाले दलीय आधारमा नेताहरुले आ—आफ्नो मन्तव्य राख्ने सूची पनि तय गरिएको छ । सभामुख निर्वाचनका लागि मिति तोक्ने सम्भावित कार्यसूची समेत रहेको छ ।
















तपाईको प्रतिक्रिया