Thursday, 2 April 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरविको प्रतिबद्धता : सत्तापक्ष, प्रतिपक्षी सबै मिलेर देश बनाउनुपर्छ

रविको प्रतिबद्धता : सत्तापक्ष, प्रतिपक्षी सबै मिलेर देश बनाउनुपर्छ


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सत्तापक्ष प्रतिपक्षीका रुपमा जुधेर नभई सबै मिलेर देश र जनताको हितमा काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले सत्तापक्षसँगै प्रतिपक्षले पनि सरकारले गर्ने निर्णयहरूको निगरानी, समीक्षा र आलोचना गर्न आवश्यक रहेको बताउनुभयो । सरकारका कमजोरी र गल्ती उजागर गर्न, बाटो भुलिएमा सच्याउन, र जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउन सबैले भुमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र नभई एकअर्काका पूरक भएको र प्रतिपक्षको आवाज कमजोर हुँदा लोकतन्त्र कमजोर हुने समेत लामिछानेले बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ