Monday, 15 June 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतीय एसओपीले नेपाली चिया निर्यात प्रभावित

भारतीय एसओपीले नेपाली चिया निर्यात प्रभावित


काठमाडौँ/ भारतीय पक्षले नेपाली चिया आयातमा कडाइ गर्दै नयाँ एसओपी (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर) लागू गरेपछि इलामका चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन्। भारतीय चिया बोर्डले गुणस्तर परीक्षणको नाममा डेढ महिनादेखि निर्यात रोक लगाएपछि उद्योगीहरूले उद्योग सञ्चालन गर्न नसकेका हुन्।

उद्योगीहरूका अनुसार नयाँ एसओपीका कारण नमुना संकलन, परीक्षण प्रक्रिया र अनुमति प्रणाली झन्झटिलो बनेको छ, जसले निर्यातमा ढिलाइ र अवरोध सिर्जना गरेको हो। उत्पादन बजारमा जान नसक्दा चिया गोदाममै थन्किने र नष्ट हुने जोखिम बढेपछि उद्योग बन्द गरेका हुन्।

 


ट्याग : #chiya, #ilam, #tea
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ