Monday, 15 June 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसुकुम्बासीहरुको दोहोरो विरोध: खाना संकटसँगै पुनःस्थापनाको माग

सुकुम्बासीहरुको दोहोरो विरोध: खाना संकटसँगै पुनःस्थापनाको माग


काठमाडौँ / कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित परिवारले सोमबार बिहान खाना नपाएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले आधारभूत खाद्यान्नसमेत उपलब्ध गराउन नसकेको गुनासो गरेका हुन्।

यसैबीच, प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले ७ दिनभित्र भू–स्वामित्वसहित पुनःस्थापनाको निर्णय नगरे पुरानै बसोबास क्षेत्रमा फर्किने चेतावनी दिएका छन्। उनीहरूले होल्डिङ सेन्टरमा खाना, स्वास्थ्य सेवा, सुरक्षा र बालबालिकाको शिक्षामा गम्भीर समस्या रहेको भन्दै तत्काल समाधानको माग गरेका छन्।


ट्याग : #shelter, #sukumbasi
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ