Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालमा कोरोना तेश्रो चरणमा, ५२ जना संक्रमितमध्ये १६ निको भए

नेपालमा कोरोना तेश्रो चरणमा, ५२ जना संक्रमितमध्ये १६ निको भए


काठमाडौं । आइतबार एकै दिन तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । झापाको बाह्रदशीमा आइतबार बेलुका एक जना र आइबार बिहान पर्साको विरगन्जका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएसँगै संक्रमितको संख्या ५२ पुगेको हो ।

यद्यपी आइतबार नै वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर घर फर्किएसँगै कोरोनाबाट पूर्णरुपमा निको हुनेको संख्या १६ पुगेको छ । उदयपुरको भुल्केमा समुदाय स्तरमा संक्रमण देखिनुका साथै बिरगञ्जमा समेत महानगरपालिकाको सरसफाई शाखाका ईन्चार्जमा कोरोना भाइरसको संक्रमण पहिचान भएकाले जोखिम थप बढ्न सक्ने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ