Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालमा बढ्दै कोरोना संक्रमण : भारतबाट स्वदेश भित्रिनेका कारण जोखिम

नेपालमा बढ्दै कोरोना संक्रमण : भारतबाट स्वदेश भित्रिनेका कारण जोखिम


काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुग्यो । पछिल्लो पटक कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा र सप्तरीमा एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार साँझ थप १३ जनामा संक्रमण देखियो एकै दिन २४ जनामा कोरोना संक्रमण पहिचान भएको नेपालकै यो पहिलो घटना थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जना कोरोना संक्रमित पहिचान भएपछि सिंगो जिल्लालाई जेठ ५ गतेसम्म सिल गरिएको छ । यसअघि एक जना संक्रमित पहिचान भएको रुपन्देहीमा सोमबार ६ जना थपिएका छन् भने बर्दियामा पहिलो पटक कोरोना संक्रमण पहिचान भएको हो । सप्तरीका युवा भने कोरोना जाँचको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट छाडिएका व्यक्ति भएको खुलेको छ ।

नेपालमा कोरोनाको अवस्था : संक्रमितको संख्या १३४, देशका विभिन्न अस्पतालम रहेका संकास्पद बिरामी १ सय ५३, उपचारपछि निको हुनेको संख्य ३३, मृत्यु ०

कोरोना पहिचानको सुरुवाती समयमा युरोप तथा खाँडी मुलुकबाट आएका व्यक्तिमा संक्रमण देखिएकोमा पछिल्लो समय भारतबाट नेपाल भित्रिएकाहरु बढी देखिएका छन् । प्रदेश २ को वीरगंज क्षेत्रमा, बारा, रौतहट र जनकपुर मात्रै होइन प्रदेश १ को उदयपुरमा समेत भारतबाट नेपाल भित्रिएका धेरै संख्यामा कोरोना पहिचान भयो । पछिल्लो समय नेपालगञ्ज र कपिलवस्तु क्षेत्रमा यसैगरी ठूलो संख्यामा संक्रमित पहिचान भैरहेका छन् ।

लकडाउनको समयमा समेत भारतीय खुल्ला सीमाको मौका उठाउँदै नेपाल भित्रिएकाहरु नै कोरोना नियन्त्रणको सरकारी प्रयासमा चुनौती बनिरहेका छन् । भारतबाट नेपाल भित्रिएकाहरुको संख्या लाखौँ भएको, कतिपय त क्वारेन्टाइनमा समेत नबसेका कारण के कति नेपाल भित्रिए भन्ने एकिन डाटा नै सरकारसँग छैन । जसका कारण कोरोना रोकथाम भारतीय सीमा जोडिएको तराई क्षेत्रमा ठूलो चुनौती बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ