Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१, चार सञ्चारकर्मीसहित एकैदिन थपिए ५७

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१, चार सञ्चारकर्मीसहित एकैदिन थपिए ५७


पुण्य धमला, काठमाडौं । पीसीआर परिक्षणको दायरा बढाएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । मंगलबार मात्रै नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो पटक पर्सामा ३९ जना, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बारामा १ जनामा कोरोना भाइरस संक्रमण पहिचान भएको हो । पर्सामा पहिचान भएको २९ संक्रमित मध्ये ४ जना सञ्चारकर्मी रहेको बताइएको छ । सोमबार मात्रै कपिलवस्तुमा १६ जना, रुपन्देहीमा ६ जना बर्दियामा १ र सप्तरीमा १ जनामा कोरोना पहिचान भएको थियो । सोमबार मात्रै २४ जना संक्रमित पहिचान भएका थिए ।

देशका विभिन्न अस्पतालमा १ सय ५३ जना शंकास्पद बिरामी आइसोलेसनमा उपचाररत छन् भने उपचारपछि निको हुनेको संख्य ३३ पुगेको छ । पछिल्लो समय भारतबाट नेपाल भित्रिनेहरुका कारण प्रदेश १, २ र पाँच कोरोनाको उच्च जोखिममा देखिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ