Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएकैदिन ८३ जनामा कोरोना पहिचान, नेपालमा संक्रमितको संख्या २ सय १७ पुग्यो

एकैदिन ८३ जनामा कोरोना पहिचान, नेपालमा संक्रमितको संख्या २ सय १७ पुग्यो


काठमाडौं । एकैदिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार दिउँसो ५७ जनामा र साँझ २६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय १७ पुगेको हो ।

पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पर्साका, २ जना महोत्तरीका, धनुषाका २, भक्तपुरका २ काठमाडौंका १ र सर्लाहीका एक जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मंगलबार दिउँसो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका प्रयोगशालामा गरिएको परीक्षणअनुसार ५७ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो । दिउँसो ३९ जना संक्रमित पहिचान भएको पर्सामा साँझ १८ जना थपिएसँगै एकैदिन संक्रमित हुनेको संख्या ५७ पुगेको छ । मंगलबार नै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना संक्रमित पहिचान भएका छन् ।

संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । नेपालमा हालसम्म कोरोना संक्रमितको मृत्यु भएको छैन । उपचारपछि ३४ जना निको भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ