Wednesday, 24 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsलकडाउनमा चोरी, निशानामा मन्दिरको भेटी र मूर्ती

लकडाउनमा चोरी, निशानामा मन्दिरको भेटी र मूर्ती


काठमाडौं । विश्व कोभिड १९ को महामारीसँग जुधिरहदा नेपालमा भने मन्दिरको भेटी र मूर्ति चोरहरु सल्बलाउन थालेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मन्दिरको भेटी र मूर्ति चोरेको आरोपमा तीन जनालाई पक्राउ गरेसँगै यस्तो रहश्य बाहिरिएको हो ।

सिन्धुलीका १९ वर्षीय सुजन तामाङ र भोजपुरका २० वर्षीय पृथ्वी विकले बुधबार राति काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ गणेशनगरस्थित आनन्द गणेश मन्दिरको मुल ढोका फोरेर पैसा र मुर्ति चोरेका थिए । उनीहरुले दानपेटिकामा रहेको १० हजार रुपैयाँ, सोही मन्दिर परिसरमा रहेको भालेश्वर महादेवको ढलोटको मूर्ति र ३ हजार रुपैयाँ चोरेको प्रहरीको आरोप छ ।

चोरीमा संलग्नहरु क्रमशः छिरिङ भन्ने रबिन तामाङ, सुजन तामाङ र पृथ्वी विक

काठमाडौंको कपनमा बस्दै आएका यी दुई जनासँगै प्रहरीले काठमाडौं चन्द्रागिरीमा भएको अर्को चोरिको घटनामा संलग्न देखिएका दोलखाका छिरिङ भन्ने रविन तामाङलाई समेत पक्राउ गरेको छ । चन्द्रागिरी १५ रावत टोलमा वैशाख ७ गते स्थानीय राजेश मानन्धरको घरमा भएको चोरिमा तामाङको संलग्नता देखिएको प्रहरीले जानकारी दिएको छ । मुद्धको मुर्ती दुई थान,सुनचाँदीका गरगहना र ३२ इन्चको सिजि ब्रान्डको टेलिभिजनसहित १५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको पीडितको दाबी छ ।

काठमाडौंस्थित कोटेश्वर बस्दै आएका छिरिङ यसअघि चोरी मुद्धामै इलाम कारागारमा चार वर्ष जेल जीवन बिताएर छुटेका व्यक्ति हुन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ