Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना नियन्त्रण, उपचार र राहतमा १० अर्ब खर्च

कोरोना नियन्त्रण, उपचार र राहतमा १० अर्ब खर्च


काठमाडाै/कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि नेपालमा अहिलेसम्म करिब १० अर्ब खर्च भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार यो खर्च कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारको बजेट मार्फत खर्च भएको छ । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड र प्रदेशहरुबाट १ अर्ब ८ करोड अनि स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको रेकर्ड छ । अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण आउँदासम्म कोरोना रोकथाम तथा उपचारमा भएको खर्च थप बढ्ने देखिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ