Monday, 22 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसामाजिक अभियन्ता महाबीर पुनले बनाउने भए नेपालमै स्वाब संकलन मेसिन

सामाजिक अभियन्ता महाबीर पुनले बनाउने भए नेपालमै स्वाब संकलन मेसिन


काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सक्रिय भूमिका निभाउँदै आएको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै स्वाब संकलनका लागि आवश्यक पर्ने मेसिन बनाउने भएको छ । आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता महाबीर पुनले स्वाब संकलन मेसिन निर्माणका लागि चाहिने आवश्यक सामग्री जापानबाट नेपाल आइसकेको र केही दिनमै तयार हुने जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिदै अभियन्ता पुनले भनेका छन् ‘राष्ट्रिय आविष्कार केन्द्रमा जापानबाट कोरोना स्वाब निकाल्ने सुईरो बनाउन रु. १४ लाख पर्ने थ्रीडी प्रिन्टर र कोरोना रोकथाम गर्न चाहिने अन्य सामानहरु नेपाल एअरलाइन्समार्फत केही दिनअघि काठमाडौं आइपुग्यो । यी उपकरका लागि एनआरएनए जापान, एमआरआर जापान र अन्य नेपालीहरुले २१ लाख आर्थिक सहयोग गरेको अभियन्ता पुनको दाबी छ ।

यसअघि पुनको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्रले कोरोना रोकथामका लागि आवश्यक पर्ने माक्स, पीपीई उत्पादन गरी स्वास्थ्यकर्मी लगायतलाई उपलब्ध गराएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ