Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका पत्रकारले चुने तीन सल्लाहकार

अष्ट्रेलियाका पत्रकारले चुने तीन सल्लाहकार


ब्रिजवेन
अष्ट्रेलियाका नेपाली पत्रकारहरुको संगठनले तीन सल्लाहकार नियुक्त गरेको छ । अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाले पत्रकारितामा लामो समय योगदान गरेका दुइ पत्रकार डाक्टर भरतराज पौडेल, मनऋषी धिताल र अग्रज कानुन व्यवसायी सम्शेरसिंह थापालाई सल्लाहकारमा नियुक्त गरेको हो ।
आइतबार बसेको एन्जा कार्यसमितिको बैठकले तीनै जना सल्लाहकारलाई सर्वसम्मतिले नियुक्त गरेको एन्जाका अध्यक्ष हेमन्त काफ्लेले जानकारी दिनुभयो । त्यस्तै एन्जाले पब्लिक अफिसरमा साउथ एसियन डट कमका सम्पादक राम खत्री र प्रवक्तामा नेपाल ट्युबका सम्पादक सरल गुरुङलाई नियुक्त गरेको छ । गुरुङ एन्जाका सचिव समेत हुन् । आफ्नो पेशामा अग्लो कद बनाउनुभएका सल्लाहकारहरुबाट संस्थालाई अगाडी बढाउन सकारात्मक मार्गदर्शन मिल्नेछ भन्नेमा एन्जा विश्वस्त रहेको अध्यक्ष काफ्लेले बताउनुभयो ।

 

एन्जाका नवनियुक्त पब्लिक अफिसर राम खत्री 

अष्ट्रेलियामा रहेर नेपाली समुदायका लागि पत्रकारिता गरिरहेका नेपालीमूलका पत्रकारहरुको हकहितका लागि गत वर्ष एन्जा गठन भएको हो । गत अप्रिलमा एडिलेडमा भएको पहिलो साधारण सभाले हेमन्त काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको थियो । एन्जाले अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरुको क्षमता अभिर्वद्धी गर्न विभिन्न पेशागत तालिमको समेत व्यवस्था गर्दै आएको छ ।

 

 

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ