Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleएकै दिन थपिए ४५१ संक्रमित

एकै दिन थपिए ४५१ संक्रमित


काठमाडाै/पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरेना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक ४ सय १६ र ३५ महिलामा कोरोना पुष्टि भएको हो । रेड जोनमा ४ सय ९९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंका एक जना रेड जोनमा थपिएका छन् । पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जितेर घर फर्किनेहरुको संख्या १ हजार ४१ पुगेको छ । संक्रमण मुक्त हुनेमा ९३७ पुरुष र १ सय ४ महिला रहेका छन् । पोखरामा पीसीआर प्रयोगशाला थपिएसँगै रियल टाइम पीसीआर जाँच गर्ने ल्याबको संख्या २२ पुगेको छ ।

हालसम्म १ लाख ३८ हजार ६ सय ८३ पीसीआर जाँच पुरा हुँदा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६ वटा स्वाब परिक्षण भएका छन् । अहिलेसम्म २ लाख १९ हजार ३ सय ३६ । अहिले १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनमा छन् ।।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ