Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनयाँ नक्साले संबैधानिक मान्यता पाएकोमा एनआरएनए अस्ट्रेलियाको स्वागत

नयाँ नक्साले संबैधानिक मान्यता पाएकोमा एनआरएनए अस्ट्रेलियाको स्वागत


अस्ट्रेलिया । गैह्र आवासीय नेपाली संघ अस्ट्रेलियाले सर्वदलीय सहमतिबाट नेपालको संविधानको दोश्रो संशोधन विधेयक पारित भएकोमा आभार प्रकट गरेको छ । नेपालको सुदुर पश्चिमस्थित कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापनीमा नेपालको हक स्थापित गराउने गरि भएको संविधान संशोधन प्रक्रियामा जुटेको सर्वदलीय सहमतिले देशभक्ति बढाएको भन्दै एनआरएनए अस्ट्रेलियाले स्वागत गरेको हो ।

अबका दिनमा सरकारले कुटनीतिक माध्यमबाट भारतसँग समस्या समाधानको पहल गर्नुपर्ने सुझाब दिएको एनआरएनए अस्ट्रेलियाले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा अतिक्रमित भूमिमाथी नेपालले छिट्टै आफ्नो उपभोग गर्न पाउने विश्वास व्यक्त गरेको छ ।

नेपालको कुटनीतिक पहल र वर्ताको सफलताको कामना समेत एनआरएनए अस्ट्रेलियाले गरेको छ ।

नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको नेपाली भूभाग समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्दै सरकारी निसान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन प्रक्रिया अघि बढाएको थियो ।

सर्वदलीय सहमतीबाट नयाँ नक्सा निसान छापमा राख्ने प्रस्ताव अनुमोदन भएसँगै नेपाल तथा विदेशमा रहेका नेपालीहरुले खुसियाली साटासाट गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ