Wednesday, 3 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा चक्कु देखाएर लुटेरा लखेट्ने नेपाली चेलीको कथा । सर्वत्र प्रशंसा (भिडियाेसहित)

सिड्नीमा चक्कु देखाएर लुटेरा लखेट्ने नेपाली चेलीको कथा । सर्वत्र प्रशंसा (भिडियाेसहित)


सिड्नी, अष्ट्रेलियाको मिडियामा एक बहादुर नेपाली चेलीको चर्चा चुलिएको छ । खासगरि पसल लुट्न आएका लुटेरालाई ती चेलीले चक्कु लिएर लखेटेको सिसिक्यामेरा भिडियो अहिले चर्चामा छ ।

सिड्नी शहरको नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्र अर्वनमा सोमबार साँझ ती नेपाली चेलीले पसल लुटन आएको लुटेरालाई लखेटेकी हुन् । रौटहटको चन्द्रनिगाहपुरकी स्थायी बासिन्दा पबित्रा कार्की साँझ सात बजे तिर पसलमा बसीरहँदा एक्कासी मुख छोपेर आएका एक लुटेराले पसलको क्यास काउन्टर अगाडि आएर पैसा मागेपछि अक्क न बक्क परेकी थिइन । ग्राहक होला भनेर सोचेकी उनले लुटेराले काउन्टरमा आएर पैसा माग्न थालेपछि उनको मनमा शंका उत्पन्न भएको थियो । त्यसपछि सो लुटेरा सिधै पबित्रा बसेको स्थामा आएर पैसाको काउन्टरमा हात हाल्न थाल्यो । त्यसपछि उनले लुटेराको हात समातिन,त्यत्तीकैमा हातहालाहाल हुँदा पबित्राले आफु छेउमा रहेको तरकारी काट्ने सानो चक्कु देखिन र सोही समातेर जाइ लागिन । चक्कु देखेपछि लुटेरा केहि हच्क्यो र पवित्राले लखेट्न थालिन्। त्यसपछि लुटेरा बाटो काटेर कुलेलाम ठोक्यो ।

‘अहिले सम्झदा डर लागिरहेको छ , खोइ कसरी आट आयो थाहै भएन’हसीलो मुहारमा पबित्राले बताइन ।
पसलमा तरकारी र बक्सा काट्न प्रयोग गर्ने गरेको चक्कु काउन्टर छेउमै रहेछ, लुटेराले पैसामा हात हाल्न लागेपछि मलाइ खोइ कताबाट बल आयो र चक्कु लिएर जाइलागे, उनले भनिन । पबित्रा भन्छिन-‘मलाई त त्यत्ति बेला बिदेशमा छु भन्ने जस्ता पनि लागेन, नेपालीमा त पैसा चोर पख तलाइ भन्दै लखेटेछु । अहिले संझदा पनि हास उठेर आउँछ ।’ पसल बन्द गर्न म बहिनी कुरेर बसेको थिए,यत्तीकैमा त्यो घट्ना घटयो, पबित्राले भनिन ।

पत्रकार हेमन्त काफ्ले र पवित्रा

सोमबारको घटनापछि स्थानिय प्रहरी आएर उनको रिपोर्ट तथा सीसीटीभी फुटेज लगिसकेको छ । चाइल्ड केयर अध्यन गरिरहेकी पवित्राको यो बहादुरी साच्चीकै उदाहरणीय रहेको अर्वन नेपाली समाजका राजु गिरीले बताए । ‘यति सानी चेलीले एउटा लुटेरालाई सानो हतियार देखाएर भगाउनु आफैमा हिम्मत र बहादुरीपुर्ण कार्य हो’ गिरीले बताए ।
तिन बर्ष अघि अस्ट्रेलीया आइपुगेकी पबित्रा दीदीसँग अर्वनमा बसोबास गर्दै आएकी छिन । अर्वनमा रहेको क्याटमान्डु मिक्स बिजनेस नामक सो स्टोरमा सोमबार घटना घटेपछि पबित्रालाई सुरक्षाको चिन्ताले भने सताएको छ । आज कता कता अलि अलि डर भने लागिरहेछ, फेरी आउने हो की भन्ने, पबित्राले भनिन् । तर उनी मंगलबार धेरै बेर पसलमा बसिनन् । प्रहरीले पनि केहि दिन पसलमा एक्लै नबस्न सुझाब दिएको उनले बताइन ।

भिडियाे हेर्नुस् 

https://www.facebook.com/7NEWSsydney/videos/563886794514377/?vh=e



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ