Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमुख्य खबर, मृगाैला तस्करीसहित कोरोना र उद्दारसम्मका खबर

मुख्य खबर, मृगाैला तस्करीसहित कोरोना र उद्दारसम्मका खबर


काठमाडौं– प्रहरीसहितको संलग्नतामा मृर्गौला तस्करी भएको भेटिएको छ । नेपालमा आइतबार ८२ जनामा कोरोना संक्रमण देखिएको छ । अर्कोतर्फ संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा चल्दा दुई प्रहरी अधिकृतको मृत्यु भएको छ । नेपाल सरकारले भारतीय न्यूज च्यानलहरुमाथि लगाएको बन्देज तत्काल नखोल्नलगायत विदेशबाट केही नेपालीलाई उद्दार गर्ने कार्य भएको छ । यस्ता छन् जुलाई १२ मा नेपाली सञ्चार माध्यममा प्राथमिकता पाएका प्रमुख ५ खबरहरुः

प्रहरीकै संग्लनतामा मृर्गौला तस्करी

प्रहरीसहितको संलग्नतामा मृर्गौला तस्करी भएको भेटिएको छ । प्रहरी डाक्टर र वडाध्क्षसहितको मिलोमत्तोमा मृर्गौला प्रत्यारोपण भएको प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोको टोलीले पुष्टि गरेको हो । टोलीले ६ महिनादेखि उक्त प्रकरणबारे अनुसन्धान गर्दै आएको थियो । अनुसन्धानका क्रममा वडाध्यक्ष र प्रहरीकै संलग्नता रहेका भेटिएको हो । अनुसन्धानका क्रममा अवैध तरिकाले मृर्गौला प्रत्यारोपणमा १२ जनाको संलग्नता रहेको व्युरोले पुष्टि गरेको छ । ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पनि उक्त कार्यमा मुछिएका छन् । उनीसहितको मिलोमत्तोमा २०७६ जेठ २७ गते कलेज अफ मेडिकल साईन्सेन्स टिचिङ हस्पिटल भरतपुरमा ललितपुरका एक व्यक्तिको मृर्गौला प्रत्यारोपण भएको थियो । नाता प्रमाणित गर्ने कार्यमा वडाध्यक्षका संलग्नता रहेकाले पक्राउ गरिएको व्युरोले जनाएको छ । त्यस्तै, दुई प्रहरी पनि उक्त कार्यमा संलग्न छन् । निलम्वित प्रहरी नायक निरीक्षक योगेन्द्रराज थपलिया र प्रहरी सहायक निरीक्षक भीम प्रसाद खनालले १० लाख बार्गेनिंग गर्दै उक्त कार्य अघि बढाएका थिए ।

संक्रमितको संख्या घट्दै
नेपालमा आइतबार ८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या सार्वजनिक गरेका थिए । उनले ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा संक्रमण भएको बताएका हुन् । नेपालमा हाल जम्मा संक्रमितको संख्या १६ हजार ८ सय १ जना रहेको छ । यस्तै १ सय ४७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म ८ हजार ५८९ जना कोरोमना मुक्त भएका छन् ।

संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा चल्दा दुई प्रहरी अधिकृतको मृत्यु
संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा चल्दा दुई प्रहरी अधिकृतको ज्यान गएको छ । आइतबार एक व्यक्तिले गोली चलाएका थिए । दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेकोको थियो । सोही समयमा प्रहरीमाथि गोली हानिएको थियो । प्रहरीहरु २३ वर्षीय अडोन इग्नासियो क्यामारिल्लोलाई पक्राउ गर्न गएको तर ती व्यक्तिले प्रहरीमाथि एकाएक गोली चलाएको थियो । गोली चल्दा प्रहरीले प्रतिकार समेत गर्न नसकेपछि मृत्यु भएको म्याकअलेनका प्रहरी प्रमुख भिक्टर रोड्रिगेजले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु भएका प्रहरीहरुमा ४५ वर्षीय एडेलमिरो गार्जा र ३९ वर्षीय इस्माएल चाभेज रहेकाको विविसीले जनाएको छ । गोली प्रहार गरेका क्यामारिल्लोले उक्त घटना भएलगत्तै आत्महत्या गरेका थिए ।

बन्द गरिएका भारतीय च्यानल तत्काल नखोलिने
सरकारले भारतीय न्यूज च्यानलहरुमाथि लगाएको बन्देज तत्काल नखोल्न जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका दर्जजौं भारतीय न्यूज च्यानल चारदिनदेखि नेपालमा बन्द छन् । ती मिडियो जिम्मेवार र जवाफदेहि नभएसम्म नेपालमा हेर्न नसकिने बनाइने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । उनले बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने बताए । यसबारेमा आइतबार मिडिया सोसाइटीका प्रतिनिधिहरुसँग खतिवडाको भेटमा सरकारका प्रवक्ता डा. खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म बन्देज कायमै रहने जानकारी गराएका हुन् । उनले पूर्वाग्रही राखेर सञ्चालन भएका त्यस्ता च्यानलहरु खोजी खोजी बन्द गर्न र सुधार गर्न आवश्यक रहेको बताएका थिए ।

एक हजार नेपाली विभिन्न मुलुकबाट घर फर्किए
विभिन्न मुलुका कार्यरत एक हजार नेपाली आइतबार नेपाल फर्किएका छन् । उनीहरुको उद्दारका लागि उडान गरिएको थियो । त्यसमार्फत् उनीहरु नेपाल आएका हुन् । विदेशमा अलपत्र परेका र दुःख पाएकालाई नेपाल ल्याउन विभिन्न चार्टर्ड उडान गरिएको थियो । आइतबार ९ सय ८४ जना नेपालीलाई विभिन्न वायुसेवा कम्पनीले काठमाडौं ल्याएको त्रिभुवन विमानस्थलको तथ्यांक देखाएको छ । त्यस्तै, नेपालबाट पनि १ सय ३ जना विदेश उडेका छन् । आइतबार बहराइनबाट नेपाल एयरलाइन्सले १ सय ४४ जना नेपाली लिएर काठमाडौं आइपुगेको थियो । हिमालय एयरलाइन्सले दमामबाट १ सय ५४ जना, हिमालय एयरलाइन्सले नै फिलिपिन्सको मनिलाबाट १ सय ८ जना, हिमालय एयरलाइन्सले नै क्वालालाम्पुरबाट १ सय ५६ जना र फ्लाइ दुबईले १ सय ६० जनालाई काठमाडौं फर्काइएको विमानस्थल प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सले जापानको नारिताबाट २ बच्चासहित २ सय ६२ जनालाई काठमाडौं ल्याएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ