Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleचीनले भन्यो– कोरोना रोकथाम तथा नियन्त्रणमा पहिलो सहयोग छिमेकीलाई

चीनले भन्यो– कोरोना रोकथाम तथा नियन्त्रणमा पहिलो सहयोग छिमेकीलाई


काठमाडौं । चीनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा पहिले छिमेकी मुलुकहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल, अफगानस्तान र पाकिस्तानका परराष्ट्र मन्त्रीसहितको भिडियो कन्फरेन्समा चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले आफ्ना छिमेकीहरुलाई सहयोगको प्राथमिकतामा राखेको जानकारी दिएका हुन् ।

छलफलमा वाङले चीनले भविष्यमा कोरोना भाइरसको भ्याक्सिन ल्याए छिमेकी मुलुकहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । वाङले नेपाल, पाकिस्तान र अफगानिस्तानलाई आवश्यक परे स्वास्थ्य सामग्री सहयोग गर्न चीन तयारी अवस्थामा रहेको पनि बताए । कोरोना भाइरसको नियन्त्रणमा नेपाल सरकारले खेलेको भूमिकाको उनले प्रशंसा समेत गरे । कन्फरेन्समा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन सरकारले गर्दै आइरहेको सहयोगप्रति आभार प्रकट गर्दै नेपाल र चीनबीचको सम्बन्ध र सहयोग आदान प्रदान थप मजबुद हुने धारण राखेका थिए ।

अफगानिस्तानको तर्फबाट कार्यवहाक परराष्ट्रमन्त्री मोहम्मद हनिफ अट्मार र पाकिस्तानकोतर्फबाट मखदुम शाह महमुद कुरेसीले भिडियो कन्फरेन्समा सहभागीता जनाउँदै कोरोना रोकथाम बारे आफ्ना धारणा राखे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ