Techie IT
Thursday April 15, 2021  |   बिहिबार, बैशाख २, २०७८
गृहपृष्ठ » Australia » जुलाई ३० मा सिड्नीबाट नेपाल उड्ने विमानकाे समय तालिका फेरियाे

जुलाई ३० मा सिड्नीबाट नेपाल उड्ने विमानकाे समय तालिका फेरियाे


310 Views

ब्रिजवेन,काेराेनाका कारण अष्ट्रेलियामा अड्किएका नेपाली लिएर काठमाडौ जाने विमानको समय तालिका परिवर्तन भएको छ । एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलका अनुसार नयाँ तालिकामा बिहीबार साँझ ५:१५ मा विमान सिड्नीबाट उड्नेछ ।
यसअघि बिहान ६ बजे उड्ने तालिका थियो । सबेरै उडान भएकाले ३ बजे नै विमानस्थल पुग्नुपर्ने बाध्यताबाट राहत मिलेको बताउनुभयो । साँझ उडेको विमान भोलिपल्ट विहान काठमाडौं पुग्नेछ । विहान ६ बजे मात्रै काठमाडौंमा विमानस्थल खुल्ने भएकोले त्यसै अनुसार मलेसियाबाट विमान उड्नेछ ।
मलेसियाको मालिन्डो एयरमार्फत यस पटक नेपाली यात्रुहरु सिड्नीबाट काठमाडौं जान लागेका हुन् ।
विमान ईन्डोनेसिया, मलेसिया हुँदै काठमाडौं पुग्नेछ । मालिन्डो एयरले अष्ट्रेलियासँग यही रुटमा उडानको ईजाजत लिएका कारण ४० मिनेटका लागि भएपनि ईन्डोनेसियामा रोक्नुपर्ने भएको हो ।

क्याटेगोरी : Australia, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-