Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको भिक्टोरियामा नर्सले मागे अत्यावश्यक पिपिइ । बढ्दै कोरोना जोखिम

अष्ट्रेलियाको भिक्टोरियामा नर्सले मागे अत्यावश्यक पिपिइ । बढ्दै कोरोना जोखिम


मेलवर्न, कोरोनाको संकट बढ्दै जादा भिक्टोरिया राज्य चौथो तहको लक डाउनमा छ । अष्ट्रेलियाको दोस्रो ठुलो शहर मेलवर्नमा त बेलुका ८ देखि बिहान ५ बजेसम्म कफ्र्यु जारी गरिएको छ । दैनिक सयौको संख्यामा नयाँ संक्रमित थपिएपछि स्थानिय सरकारले नियन्त्रणका लागि हरप्रयास गरिरहेको छ ।

यसैबिच कोरोना नियन्त्रणको अग्रपतिंमा खटिदै आएका स्वास्थ्यकर्मीहरुको स्वास्थ्यको चिन्ता पनि उत्तिकै थपिएको छ । भिक्टोरियामा मात्र हालसम्म ७ सय ३० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको तथ्यांकहरु बाहिरिएका छन् । यो संख्या अझै बढी हुनसक्ने स्थानिय संचारमाध्यम द गार्जियनले जनाएको छ ।
स्वास्थ्यकर्मीहरु नै संक्रमित हुन थालेपछि भिक्टोरियाका नर्सहरुले तत्कालै आवश्यक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पिपिई उपलब्ध गराउन स्थानिय सरकार प्रमुखलाई पत्र लेखेका छन् । पिपिईले शरिरमा भाइरस छिर्नबाट रोक्छ । गार्जियन अष्ट्रेलियाका अनुसार कलेज अफ मेन्टल हेल्थ नर्सकी हडसन म्याकलीले समग्र नर्सहरुको तर्फबाट भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रयु, ग्रिन पार्टी र संघिय सरकारलाई पत्र लेख्नु भएको हो । गत बिहिबार पठाइएको चिठ्ठीमा अप्रेसन कक्षमा केबल डाक्टरले मात्रै एन९५ मास्क लगाउने गरेको तर संगै खटिने नर्स भने यसबाट बञ्चित भएको उल्लेख छ । नर्सहरुले डाक्टरसंग आफुहरुलाई पनि त्यस्तै मास्क उपलब्ध गराउन अनुरोध गरिएपनि सुनुवाई नभएको पत्रमा उल्लेख छ । यस्तो गुनासो नर्सहरुबाट आएपछि आफु निकै चिन्तित भएको क्याकलीले संचारमाध्यमलाई बताउनुभएको छ । तर, अहिलेसम्म कुनै प्रतिक्रिया नआएको उनको भनाई छ । उता संघिय स्वास्थ्यमन्त्री ग्रेग हण्टले भने आफुले पत्र पाएर हेल्थ प्रोटेक्सन एण्ड रेस्पोन्स कार्यलयमा पठाइसकेको बताउनुभएको छ ।

उता स्थानिय सरकारले भने स्वास्थ्यकर्मीहरुलाई पर्याप्त स्वास्थ्य सामाग्री उपलब्ध भएको जनाएको छ । त्यस्तै अधिकांश स्वास्थ्यकर्मीहरु कार्य क्षेत्रमा नभई समुदायमा कोरोना संक्रमणको सिकार भएको पनि दाबी गरिएको छ । भिक्टोरियामा राज्यमा मात्रै पछिल्लो २४ घण्टामा ७ सय २५ जनामा कोरोना संक्रमण भएको छ । हालसम्म राज्यमा १२ हजार ३ सय ३५ जनामा संक्रमण देखिएको छ ।

Photo- ABC News



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ