Techie IT
Monday January 18, 2021  |   सोमवार, माघ ५, २०७७
गृहपृष्ठ » Australia » अष्ट्रेलियाको मेलवर्नमा १४६ नेपालीलाई कोरोना पुष्टी

अष्ट्रेलियाको मेलवर्नमा १४६ नेपालीलाई कोरोना पुष्टी


403 Views

मेलवर्न, भिक्टोरिया राज्यकाे मेलवर्नमा  १ सय ४६ जना नेपालीलाई कोरोना लागेको पुष्टी भएको छ । गैर आवासिय नेपाली संघ भिक्टोरियाको निवेदन अनुसार यो तथ्याकं उपलब्ध भएको हो । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युम्यान सर्भिसेस डिएचएचएसका अनुसार यो गत अगष्ट २ तारिखसम्मको तथ्यांक हो । यो संख्या अझै बढ्न सक्ने एनआरएनए भिक्टोरियाका संयोजक प्रेम कँडेलले बताउनुभयो । कोराना लागेकमध्ये ४० जना निको भईसकेका छन् ।

सबैले आफु संक्रमित भएको सुचना नदिने भएकाले यो संख्या अझै धेरै हुनसक्ने एनआरएनए भिक्टोरियाका संयोजक प्रेम कँडेलले बताउनुभयो । कोरोना संक्रमण भएका मध्ये अधिकांश विद्यार्थी हुन् । एउटै युनिट र कोठा सेयर गरेर बस्दा विद्यार्थीमा कोरोना जोखिम बढेको हो । एक जनालाई लागेपछि संगै बस्नेहरु पनि डराएको कँडेलले बताउनुभयो । कोरोना संक्रमण हुनेमा एनआरएनए भिक्टोरियाका दुइ जना पदाधिकारी पनि छन् । अरु केही नेपाली पनि सेल्फ आइसोलेसनमा बसिरहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने बताइएको छ । संक्रमितलाई एनआरएनए भिक्टोरियाले १ सय २० डलर बराबरको खाद्यन्य समेत उपलब्ध गराएको छ । आइसोलेसनमा बसिरहेका नेपालीहरुको स्वास्थ्य सामान्य रहेको कँडेलले बताउनुभयो । यदि स्वास्थ्य समस्या परे एनआरएनएले टेलिफोनबाट नेपाली डाक्टरसंग सम्पर्क गराइदिने व्यवस्था समेत गरेको छ ।
भिक्टोरियामा कोरोना पिसिआर परिक्षण गर्न सरकारले ३ डलर उपलब्ध गराउने भएको छ । त्यस्तै कोरोना पुष्टी भए वा आइसोलेसनमा बस्नु परेमा सरकारले एक पटकलाई १५ सय डलर समेत उपलब्ध गराउनेछ । यो सुविधा विद्यार्थीले समेत पाउनेछन । यसअघि पनि भिक्टोरियामा ९ जनालाई नेपालीलाई कोरोना लागेको थियो । उनीहरु सबै निको भइसकेका छन् ।

क्याटेगोरी : Australia, Breaking News, Breaking News, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-