Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशबाट ४३ वटा उद्धार उडान हुदै, अस्ट्रेलियाबाट थप एक

विदेशबाट ४३ वटा उद्धार उडान हुदै, अस्ट्रेलियाबाट थप एक


काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन पाँचौपटक ४३ उद्धार उडानका लागि अनुमति दिइएको छ । छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उद्धार उडान अगष्ट १७ देखि सुरु भएर ३१ तारिखसम्म सञ्चालन हुनेगरी ४३ उडानलाई अनुमित दिएको हो ।

यी उडानबाट कम्तीमा ७ हजार नेपाली स्वेदश फर्किन पाउने छन् । अगष्ट ३१ पछि सरकारले नियमित उडान सुचारु गर्ने जनाइसकेको छ । यद्यपी उडानमाथीको प्रतिबन्ध खुल्ने नखुल्ने कोरोना संक्रमणको अवस्थाले एकिन गर्नेछ । शुक्रबार सार्वजनिक गरिएको पछिल्लो तालिकामा नेपाल वायुसेवा निगमलाई १७ वटा, हिमालय एयरलायन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ । युरोप र अमेरिकामा अलपत्र परेका नेपालीहरुका लागि टर्किस एयरलाई अनुमति दिइएको छ । यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरले समेत उद्धार उडानको अनुमति पाएका छन् । अनुमति दिइएका गन्तव्य अनुसार दुबईका लागि ८ वटा उडान, दोहाका लागि ७, क्लालालम्पुर ६, जेद्दा १, कुबेत ३, दमाम ५, रियाद २, जापान १, आबुधाबी ५, कोरिया १, सारजाहा २, अष्ट्रेलिया १ गरी ४३ वटा उडान हुने छन् ।

यो तालिकाले यी मुलुकबाहेक युरोप, अमेरिका तथा अफ्रिकाबाट फर्किन चाहाने नेपालीलाई पनि खुला गरेको छ । टिकट बिक्री तोकिएका वायुसेवाले मात्रै गर्नुपर्ने छ । स्वदेश फर्किन चाहने नेपालीले पीसीआर वा आरडीटी परीक्षण गराएको प्रमाणपत्र बुझाउनुपर्ने हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि उनीहरुले नेपाल सरकारले बनाएको स्वास्थ्य प्रोटोकलको अनिवार्य पालना गर्नुपर्ने छ । सीसीएमसीका अनुसार विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरुमा कम्तीमा ५० हजार नेपालीले स्वदेश फर्किन इच्छा व्यक्त गरेका छन् ।

सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र चैत ११ गतेदेखि आन्तरिक उडानमा रोक लगाएको थियो । विदेशमा अलपत्र नेपालीलाई जेठ २९ गतेदेखि स्वदेश फर्काउन सुरु गरेपछि बिहीबारसम्म ३० वटा मुलुक र ती मुलुक हुँदै भएका ३ सय २३ वटा चार्टर उडानबाट ५० हजार ६ सय ६२ नेपाली स्वदेश फर्किसकेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ