Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाले आफ्ना नागरिकलाई सित्तैमा कोरोनाको खोप लगाउने घोषणा । भयाे यस्ताे सम्झौता

अष्ट्रेलियाले आफ्ना नागरिकलाई सित्तैमा कोरोनाको खोप लगाउने घोषणा । भयाे यस्ताे सम्झौता


ब्रिजवेन
अष्ट्रेलियाले आफ्ना नागरिकलाई कोरानाको खोप निशुल्क लगाउने घोषणा गरेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले परिक्षण गरिरहेको खोप सफल हुने बित्तिकै अष्ट्रेलियाले पनि स्थानिय रुपमै उत्पादन गरि आफ्ना नागरिकलाई लगाउन पाउने गरि सम्झौता समेत गरेको छ । प्रधानमन्त्री स्कट मोरिसनले अक्सफोर्ड विश्वविद्यालयले अनुसन्धान गरिरहेको कोरोनाको खोप सबैभन्दा विश्वासिलो भएको बताउनुभएको छ ।
अष्ट्रेलियाले कोरोनाको खोप उत्पादन गर्ने बेलायतमा रहेको कम्पनी अष्ट्राजेनेकासंग स्थानिय रुपमै खोप उत्पादन गर्न पाउने अनुमति सहितको सम्झौता गरेको हो । अष्ट्राजेनेका यस्तो कम्पनी हो जसले हाल अक्सफोर्ड विश्वविद्यालयले परिक्षण गरिरहेको खोप सफल भएमा त्यसलाई ठुलो मात्रामा उत्पादन गरि बजारमा ल्याउनेछ ।
यो सम्झौताले खोपको परिक्षण सफल हुने बित्तिकै अष्ट्रेलियालाई पनि खोप उत्पादन गर्ने प्याटेन्न राइट दिएको छ । स्थानिय रुपमै खोप उत्पादन गर्न अष्ट्रेलिया सक्षम रहेको प्रधानमन्त्री मोरिसनको भनाई छ । स्थानिय संचारमाध्यममा अन्तरवार्ता दिदै मोरिसनले खोपको परिक्षण अझै जारी रहेकाले एकिन मिति भन्न नसकेपनि आगामी वर्षको सुरुवातमै खोप उपलब्ध हुने संकेत देखिएको बताउनुभएको छ । हाल अक्सफोर्ड विश्वविद्यालयले अनुसन्धान गरिरहेको खोप तेस्रो चरणमा परिक्षण भईरहेको छ । यसअघि जनावर र सानो समुहमा परिक्षण गरिएको खोपको नतिजा सकारात्मक आएपछि परिक्षण तेस्रो चरणमा प्रवेश गरेको हो । यो चरणमा केही हजार मानिसमा परिक्षण गरिनेछ । जसमा बेलायत, ब्राजिल, साउथ अफ्रिका, अमेरिकाका ३० हजार स्वयमसेवी सहभागी हुनेछन् ।
प्रधानमन्त्री मोरिसनका अनुसार खोप परिक्षण सफल भएपछि यसको उत्पादन गर्ने अधिकार अष्ट्रेलियाले प्राप्त गर्नेछ ।
स्थानिय रुपमै उत्पादन गरेर साढे २ करोड नागरिकलाई निशुल्क खोप लगाइने प्रधानमन्त्रीको भनाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ