Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाकी सांसदले साडीमै सजिएर दिनुभयो तीजको शुभकामना

अष्ट्रेलियाकी सांसदले साडीमै सजिएर दिनुभयो तीजको शुभकामना


एडिलेड, साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले हिन्दु नारीहरुको महान पर्व तीजको शुभकामना दिनुभएको छ । रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दु नारीलाई तीजको शुभकामना दिनुभएको हो ।
आफ्नो शुभकामना सन्देशमा लीले लेख्नुभएको छ-‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपुर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपुर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाईन्छ ।’
तीजकै अवसरमा अष्ट्रेलिया समुदायको महत्वपुर्ण अंगका रुपमा रहेका तमाम हिन्दु नारीलाई साथी भन्न पाउदा आफु निकै भाग्यमानी महसुस गरेको लीले लेख्नुभएको छ ।
महिलाहरुले समाज निर्माणमा खेलेको भूमिका स्मरण गर्दै सांसद लीले लेख्नुभएको छ -‘सबै महिला मिलेर यो पर्व मनाउ अनि हाम्रा जवान चेलीहरुलाई थप सशक्तिकरण गरि बलियो र दयालु बन्न मद्दत गरौं ।’
यो तीजको अवसरमा म मेरी दुई मायालु आमा, सबै आमाहरु, सानीआमाहरु, दिदिबहिनीहरु, छोरीहरु र सबै सुन्दर महिलाहरु र चेलीहरुलाई शुभकामना दिन चाहान्छु ।
यसपाली कोभिडले गर्दा सार्वजनिक कार्यक्रम गर्न नपाएपनि अर्को वर्ष तीजमा संगै नाच्ने पनि लीले बाचा गर्नुभएको छ ।

सन् २०१० मा लिवरल पार्टीबाट सांसद बन्नु भएकी ली साउथ अष्ट्रेलियाका प्रिमियरकी सहायक मन्त्री पनि हुन् ।
मलेसियन चिनियाँ पृष्ठभूमीकी सांसद ली बहुसांस्कृतिक अष्ट्रेलियाली समुदायमा निकै प्रिय हुनुहुन्छ । लीले सन् २०१७ मा नेपाल भ्रमण समेत गर्नु भएका थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ