Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै गम्भिर बिरामी र मृत्युदर, ३४ हजार ४१८ संक्रमित पुग्दा १८५ को मृत्यु

नेपालमा बढ्दै गम्भिर बिरामी र मृत्युदर, ३४ हजार ४१८ संक्रमित पुग्दा १८५ को मृत्यु


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन अर्थात बुधबार साँढे ४ बजेदेखी अहिलेसम्म मात्रै १४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
बाराका तीन, पर्सा र रुपन्देहीका दुई दुई तथा काठमाडौं, ललितपुर, भक्तपुर, कैलाली, महोत्तरी, बाँके, र कास्कीमा एकएक जनाको मृत्यु भएको हो । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८५ पुगेको छ ।

बुधबार साँझ ज्यान गुमाउने संक्रमित

  • काठमाडौंका ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु
  • भक्तपुरको सूर्यबिनायक–८ की ५३ वर्षीया महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु
  • मोरङको बिराटनगर–११ का ४४ वर्षीया महिलाको बिराट मेडिकल कलेजमा मृत्यु कैलालीका ४५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा मृत्यु
  • महोत्तरीका ६० वर्षीय पुरुषको बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु
  • बाँकेको नेपालगञ्ज–१ का ३७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु
  • बाराको कलैया–१ का ६६ वर्षीय पुरुष र बिश्रामपुर–१ का ४२ वर्षीया पुरुषको वीरगञ्ज हेल्थकेयर कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु
  • वीरगञ्जस्थित नारायण अस्पतालमा पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु
    बिहिबार बिहान मृत्यु भएका संक्रमित
  • बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु । मृतक महिला ३३ हप्ताकी गर्भवती ।
  • वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पोखरा–११ कि ३२ वर्षीया महिलाको मृत्यु
  • कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको बुटवलस्थित बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु
  • पाटन अस्पतालमा आईसीयूमा उपचाररत ललितपुरकी ६५ वर्षीया महिलाको मृत्यु
  • बुटवलमा प्लाज्मा थेरापी गरिएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा गरी १४ जना भेल्टिलेटरमा र १५१ जना आईसीयूमा उपचाररत छन् । यो संख्या दिनहु बढ्दो क्रममा देखिएको छ । बाग्मती प्रदेशमा मात्र संक्रिमितलाई भेल्टिलेटरमा राख्नु परेकोमा बुधबार प्रदेश एकमा एक जना भेल्टिलेटरमा राख्नुपरेको छ । प्रदेश १ मा १६ जना, २ मा ४४ जना, बाग्मतीमा ७१ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १७ जना संक्रमितको आईसीयूमा उपचाररत छन् ।
    साउन १९ मा १ जना मात्र भेल्टिलेटरमा थिए भने आईसीयूमा २६ जना संक्रमितको उपचार गर्नुपरेको थियो । योसंख्या एक महिना नपुग्दै ह्वात्तै बढेको छ । भेल्टिलेटर तथा आईसीयूमा राख्नुपर्ने संक्रमितको संख्यासँगै ०.३ प्रतिशत रहेको मृत्युदर नै बढेर भदौ १० मा ०.५ पुगेको छ ।
    बुधबार साँझसम्म देशभर ३४ हजार ४१८ जना संक्रमित पहिचान भएकोमा १९ हजार ५०४ ले कोरोना जितेका छन् । १४ हजार ७३९ को विभिन्न कोभिड अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ