Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली सामाजिक संजाल ‘सगुन’को सेयर फेरि खुल्यो । यसरी किन्नुस

नेपाली सामाजिक संजाल ‘सगुन’को सेयर फेरि खुल्यो । यसरी किन्नुस


व्रिजवेन/नेपाली सामाजिक संजाल सगुनले नेपालीलाई लगानी गर्न फेरी अर्को मौका दिएको छ । यसअघि सन् २०१७ मा सगुनले पहिलो पटक मिनि आइपियो मार्फत नेपालीका लागि लगानी गर्ने अवसर खुल्ला गरेको थियो । त्यति बेला प्रतिकित्ता ३० डलरको दरले ३ लाख कित्ता सेयर सर्वसाधरणले किनि सकेका छन् ।

सगुनले आफ्नो बजार विस्तार गर्दै जाने क्रममा लगानीको ढोकाहरु थप खुल्ला गरेको हो । सगुनले आइतबार साझ भच्र्युअल पत्रकार सम्मेलन गरि सेप्टेम्बर महिनाभर मिनि आइपिओ मार्फत सगुनको सेयर किन्न सकिने जानकारी गराएको हो । नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले सगुनको आइपिओ किन्न पाउनेछन् । कम्तिमा ९ सय डलरको ३० कित्ता सेयर किन्नुपर्ने नियम छ । सेयर किन्नको लागि सगुनको सेयर किन्नका लागि यो लिंकमा जान सक्नुहुन्छ ।
सन्२०२१ को सुरुवातमा सेकेण्डरी आइपिओमा जाने तयारी रहेको भन्दै मिनि आइपिओबाट सगुनमा लगानी गर्ने यो नै अन्तिम मौका भएको सगुनका सहसंस्थापक कविन सिटौलाले जानकारी दिनुभयो ।
सगुनमा लगानी गर्न यसका संस्थापक गोबिन्द गिरीले सबैमा आग्रह गर्नुभएको छ । ‘फेसबुक जस्ता समाजिक संजालले नेपालबाट अर्बौ पैसा आम्दानी गर्छ तर, त्यो पैसा नेपालमै लगानी भने गर्दैन गिरीले भन्नुभयो सगुन नेपालकै हो र नेपालबाट कमाएको पैसा नेपालमै लगानी गर्छ ।’ त्यसैले विश्वभर छरिएर रहेका नेपालीले सगुनमा लगानी गरेर फाइदा उठाउन आग्रह गर्दछु गिरीले भन्नुभयो ।

सगुन 

अमेरिकामा मुख्यालय रहेको सगुन फेसबुक जस्तै सामाजिक संजाल हो । सन् २०१४ मा स्थापना भएको सगुनले सामाजिक संजालबाहेक इकर्मसको काम पनि गर्दै आएको छ । अमेरिकामा बस्दै आउनु भएका गोबिन्द गिरीले सगुनको स्थापना गर्नुभएको हो । सन् २०१८ मा मोवाइल एप लन्च गरेको सगुनको हाल विश्वभर ८१ लाख भन्दा बढी प्रयोगकर्ता छन् ।

सगुनले सोसियल स्मार्ट कार्डको माध्यमबाट डिजिटल मुद्रा पनि प्रयोगमा ल्याएको छ । प्रयोगकर्ताले साइनइन र साथीलाई रिफर गरेर मुद्रा आम्दानी गर्न सक्छन् । ती मुद्राबाट नेपाल, अमेरिका र भारतमा सगुनको सहयात्री कम्पनीहरुको संग किनमेल गर्न सकिन्छ । हालसम्म १ दशमलव ३ विलियन मुद्राबाट दुइ लाखभन्दा बढी सामान खरिद भइसकेको छ । नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजारसग सगुनको सम्झौता भइसकेको जानकारी गराउंदै गिरीले अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन नविल बैंकसग छिट्टै सहकार्य गर्न लागेको सगुनले जनाएको छ । नेपालमा सबैभन्दा धेरै डाउनलोड हुने एपमा सगुन ५ औ स्थानमा रहेको कम्पनीको दाबी छ । सगुनले आगामी वर्ष २४ मिलियन प्रयोगकर्तासहित ७ दशमलव ५ मिलियन डलर आम्दानी गर्ने लक्ष्य लिएको छ । त्यस्तै सन् २०२३ सम्म १ सय १२ मिलियन प्रयोगकर्तासंगै ५ सय मिलियनभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएको संस्थापक गिरीले जानकारी दिनुभयो ।

भारतमा टिकटक बन्द भएपछि ५ हजार ३ सय ८२ प्रतिशतले सगुन एपको डाउनलोड हुने क्रम बढेको सगुनका भारत प्रमुख स्वाती दयालले बताउनुभयो । भारतमा मात्रै दैनिक ३० हजार भन्दा बढी पटक सगुनको एप डाउनलोड भइरहेको पनि दयालको भनाई छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ