Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली कांग्रेसको शुभकामना आदान–प्रदान तथा चियापान समारोह पहिलो पटक स्थगित

नेपाली कांग्रेसको शुभकामना आदान–प्रदान तथा चियापान समारोह पहिलो पटक स्थगित


काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्षको कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह यस वर्ष नहुने भएको छ । कोभिड—१९ को महामारिका कारण यो वर्ष उक्त कार्यक्रम आयोजना नगरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको हो ।

वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह मार्फत शुभकामना आदान–प्रदान गर्दै आएको थियो । यो वर्ष भने पहिलो पटक विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ संक्रमण महामारीका कारण शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम स्थगित गर्नु परेको नेपाली कांग्रेसले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ