Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभोलीदेखि खुल्दैछ मेलवर्न । दुइ जनासम्म एकअर्काको घरमा जान पाईने

भोलीदेखि खुल्दैछ मेलवर्न । दुइ जनासम्म एकअर्काको घरमा जान पाईने


मेलवर्न/ १३९ दिनपछि भिक्टोरियामा कोरोना संक्रमण दर शुन्यमा झरेको छ । यो सफलतासंगै मेलवर्नमा लकडाउन थप खुकुलो गर्ने घोषणा गरिएको छ । मुख्यमन्त्री ड्यानियल एनड्रयुजले जारी गर्नुभएको प्रेस विज्ञप्तीका अनुसार मंगलबार मध्यरात ११ बजेर ५९ मिनेटदेखि मेलवर्नमा लकडाउन खुकुलो पार्न लागिएको हो । बुधबार बिहानदेखि स्टे होम अवस्थाबाट स्टे सेफ अवस्थामा प्रवेश गर्न लागेको हो ।
नया प्रावधान अनुसार बुधबारदेखि मेलवर्नवासी एक अर्काको घरमा जान पाउने भएका छन् । एकअर्काको घरमा जादा दुइ वयश्क र एक बालबालिका गरि बढीमा तीन जनाको संख्या तोकिएको छ । एक दिनमा एउटा घरमा अर्को एक घरका दुइ जना मात्र आउन पाउनेछन् । अर्थात एक दिनमा दुइ घरका बासिन्दामात्र सम्पर्कमा आउन पाउनेछन् । अर्काको घरमा जादा मास्क अनिवार्य लगाउनुपर्नेछ । घरमा आएका आफन्तको विवरणहरु पनि राख्नुपर्नेछ ।

के के खुल्दैछन् त ?

१. घरबाट २५ किलोमिटर वरपर आवतजावत गर्न पाईने ।

२. रेष्टुरेन्ट, क्याफे र पब खुल्ने, तर बाहिर ५० जनासम्म भित्र २० जनाको संख्यामा ग्राहक राख्न पाईने ।

३. सौन्दर्य सेवा प्रदायक व्यवसायहरु पनि खोल्न पाईने ।

४. धार्मिक कार्य र कर्मकाण्डका लागि खुल्ला स्थानमा २० र बन्दस्थलमा १० जनासम्म भेला हुन पाईने ।

५. मेलवर्न, कोरोनाको दोस्रो लहरबाट गुज्रिएको भिक्टोरियाको मेलवर्न शहर बुधबारबाट केही खुल्ला हुने भएको छ ।

भिक्टोरियामा पछिल्ल्लो ४८ घण्टामा शुन्य कोरोना संक्रमण । ७ महिनापछि सफलता ।

कोरोनाको दोस्रो लहरबाट प्रताडित अष्ट्रेलियाको भिक्टोरिया राज्य कोरोना नियन्त्रणमा अन्तिम संघर्षमा जुटेको छ । दैनिक हजारौको संख्यामा नया“ संक्रमित थपिएको भिक्टोरियाले कठोर लक डाउनपछि कोरोना नियन्त्रणको नजिक पुगेको छ ।
पछिल्लो ४८ घण्टाको अवधीमा भिक्टोरिया राज्यमा कोरोनाको संक्रमण शुन्यमा झरेको छ । यो सफलता पछिल्लो सात महिनामा पहिलो पटक प्राप्त भएको हो । यसअघि मार्च ५ र ६ तारिखमा भिक्टोरियामा कोरोनाको संक्रमण शुन्यमा झरेको थियो । यो अवधीमा कोरोनाका कारण कसैले ज्यान गुमाउनु परेन । यो सफलतासंगै भिक्टोरियामा १४ दिनको संक्रमण दर ३.६ बाट झरेर २.८ मा पुगेको छ ।
यो सफलताको पछाडी तिब्र रुपमा गरिएको परिक्षण र कठोर लक डाउन मुख्य कारण रहेको भिक्टोरियाका मुख्यमन्त्री प्रिमियर ड्यानियल एन्ड्रयुसले बताउनुभयो । उहा“ले परिक्षणमा सहभागी सबैलाई धन्यवाद समेत दिनुभयो । सात महिनामा पहिलो पटक कोरोना संक्रमण शुन्यमा झरेपछि खुसियाली साट्न मुख्यमन्त्री एन्ड्रयुजले गोलाकार दुनोट सहितको फोटो सामाजिक संजालमा सेयर गर्नुभएको छ ।

Photo-City of Melbourne



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ